रमिला न्यौपानेको नयाँ तीज गीत ‘पशुपतिमा’ सार्वजनिक (भिडियो )

काठमाडौं: गायिका रमिला न्यौपानेले आफ्नो नयाँ तीज गीत ‘पशुपति’मा सार्वजनिक गर्नुभएको छ । रमिलाई ‘पशुपतिमा’ बोलको गीतमा खुमन अधिकारीले साथ दिनुभएको छ । रमिलाका साथै बन्दना पाण्डे, साया पाण्डे र राजेन्द्र बाजुरालीको को गीतमा स्वर छ। बाबुराम बोहराको शब्द रहेको गीतको संगीत खुमन अधिकारीको रहेको छ । गीतको म्युजिक भिडियोमा सुरक्षा पन्त र खुमन अधिकारीले नृत्य गर्नुभएको छ । प्रकाश भट्टले निर्देशन गर्नुभएको म्युजिक भिडियोलाई राजेश घिमेरेले खिच्नुभएको छ भने सम्पादन विष्णु शर्माको रहेको छ। सनराइज म्युजिकले गीत बजारमा ल्याएको हो।

गायिका न्यौपानेले १५० भन्दा बढी गीतमा स्वर दिइसकेकी छन् । १४ वटा लोकसंगीतका एल्बम बजारमा ल्याइसक्नु भएको न्यौपानेले ‘म त आउँदिन है कालु हो, मेड इन नेपाल, झमझम् दर्कियो पानी, ओम शिव शंकर भोला, आँखा मारी–मारी, बर्बादै भयो, आशीर्वाद माग्छु, घाम लाग्यो शितलु भयो, काठमाडौंमा ट्याक्सी चलाउने, नराम्ररी फसें, फेसबुकमा फोटो, आउ–आउ माया, सिस्नुपानीलगायतका एल्बममा स्वर दिइसक्नु भएको हो ।


प्रकाशित | ८ श्रावण २०७६, बुधबार १३:४४