बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ४३ पुग्यो, २४ जना बेपत्ता

काठमाडौं : अविरल परेको वर्षाका कारण अहिलेसम्म देशभर ४३ जनाले ज्यान गुमाएका छन् । वर्षासँगै आएको बाढी पहिरोमा परी अझै २४ जना बेपत्ता छन् । बाढी पहिरोमा २० जना घाइते भएका छन् भने २४ जना बेपत्ता भएका छन् । घाइतेहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरूमा ललितपुर र भोजपुरमा पाँच(पाँच जना रहेका छन् । यस्तै, मकवानपुरमा ४ जना, काठमाडौं, खोटाङ, ओखलढुंगा र काभ्रेमा तीन(तीन जना रहेका छन् भने धादिङ, झापा, सिन्धुलीमा दुई९दुई जना रहेका छन् । मृत्यु हुनेमा पाल्पा, पर्सा, रामेछाप, इलाम, सुनसरी, बारा, रौतहट, सिराहा, धनुषा, चितवन र डोल्पाका एक(एक जना रहेका छन् । मृतकमध्ये १८ जना महिला र २५ जना पुरुष रहेका छन् ।

प्रहरीका अनुसार बाढी पहिरोमा फसेकाहरूमध्ये एक हजार एक सय चार जनाको उद्धार गरिएको छ । उद्धार गरिएकाहरूमा महोत्तरीका पाँच सय, रौतहटमा दुई सय, काठमाडौंमा १ सय ८५, सर्लाहीमा सय, सिन्धुलीमा ७०, सप्तरीमा २५, उदयपुरमा १०, ललितपुरमा ८, सिराहमा २ जना तथा भक्तपुर, सुनसरी, मकवानपुर र खोटाङमा एक९एक जनाको सकुशल उद्धार गरी सुरक्षित स्थानमा पुर्याएको हो ।


प्रकाशित | २९ असार २०७६, आईतवार ०७:०३