विश्वकप फुटसल : नेपाल तीनवटै खेलमा पराजित, टोली स्वदेश फर्कंदै

काठमाडौं : विश्वकप फुटसलमा नेपाल पराजीत भएको छ । अर्जेन्टिनामा जारी १२ औं संस्करणको तीनवटै खेलमा नेपाल पराजित भएको हो । समूह चरणको अन्तिम खेलमा नेपाल क्याटलोनियासँग ११–१ को गोल अन्तरले पराजित भएको हो । यसअघि नेपाल पहिलो खेलमा अमेरिकासँग २–१ गोल अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा फ्रान्ससँग ३–२ गोल अन्तरले पराजित भएको थियो । नेपालले विश्वकपमा वाइल्ड कार्डबाट सहभागिता जनाएको हो ।

नेपालको समूहबाट क्याटलोनिया र फ्रान्स क्वाटरफाइलमा प्रवेश गरेका छन् । तीनै खेलमा पराजित नेपाली टोली स्वदेश फर्कंदै छ । समीर कार्कीको कप्तानीमा १२ सदस्यीय नेपाली टोली गएको छ । टोलीमा दिनेश श्रेष्ठ, विशाल थापा, सुजन बलामी, दीपेन्द्र रसाइली, साहिल राना, राजु बुढाथोकी, अनुप राना, बरदान लामा, गौरब श्रेष्ठ, ग्रिजेशमान श्रेष्ठ र सञ्जीव तामाङ सहभागि हुनुहुन्छ ।


प्रकाशित | २२ चैत्र २०७५, शुक्रबार १६:४०