बाबुरामलाई भोट दिनु कांग्रेसको भुल : नेता थापा

गोरखा : नेपाली कांग्रेसका नेता तथा पूर्वस्वास्थ्य मन्त्री गगन थापाले डा. बाबुराम भट्टराईलाई मतदान गर्नु कांग्रेसको भूल भएको बताउँदै उहाँलाई मतदान गरेकोमा क्षमापूजा गरेर चुनावी भूलको प्रायश्चित गर्ने उद्घोष गर्नुभयो ।

गोरखाको पालुङटार नगरपालिकामा कांग्रेसको प्रथम नगरअधिवेशनलाई सम्बोधन गर्दै थापाले तत्कालीन नयाँ शक्तिका संयोजक भट्टराईलाई कांग्रेसले भोट दिएर जिताएकोले आउँदो निर्वाचनमा क्षमापूजा गरिने बताउनु भयो । उहाले भन्नुभयो, ‘युद्धकालमा कांग्रेसकै नेता कार्यकर्ताको हत्या गरियो। बाँकी रहेका कांग्रेसजनको मतले बाबुरामले चुनाव जिते, तर चुनाव जितेपछि कांग्रेसलाई नै तथानाम गाली गर्न थाले ।’

कांग्रेसकै भोटले चुनाव जितेका बाबुरामले चुनाव जितेपछि कांग्रेसलाई नै गाली गरेको भन्दै थापाले आक्रोश व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘कांग्रेसलाई संग्राहलयमा राख्नुपर्छ भन्ने पनि उहाँबाट सुनियो, अब आउने चुनावमा हिसाबकिताब गरिन्छ । क्षमापूजा पनि त्यही बेला गरिन्छ ।’


प्रकाशित | ७ असार २०७६, शनिबार २१:४३