देशका सबैजसो ठाउँको मौसम बद्ली भई हावाहुरी र मेघ गर्जनसहित पानीपर्ने

काठमाडौं  : आज (मंगलबार ) देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको जलन तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावले नै मंगलबार देशका सबैजसो ठाउँको मौसम बद्ली भई बेलुका हावाहुरी र मेघ गर्जनसहित पानीपर्ने सम्भावना रहेको महाशाखाको भनाइ छ ।

सोमबार राति काठमाण्डौ उपत्यकामा १४ दशमलव ५ मिलिमिटर पानी परेको छ । अबको ३ दिन देशभरको मौसम बद्ली हुने र बेलुकातिर पानी पर्ने सम्भावना छ । सामान्यतया जेठ अन्तिम साता (जुन १०) मा भित्रिने मनसुन असार लाग्दा पनि आएको छैन । नेपालमा मनसुन प्रवेश गर्न अझै केही दिन लाग्ने महाशाखाको भनाइ छ ।


प्रकाशित | ३ असार २०७६, मंगलवार ०९:०३