यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

काठमाडौं: आज (मंगलबार ) मौसम सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशभरको मौसममा आशिंक बदलीदेखि हावाहुरीसहितको पानी पर्ने सम्भावना रहेको छ । देशभरिनै आंशिकदेखि सामान्य बदलि रहने र पुर्वी तथा मध्य भुभागका केहि ठाउँमा पानी पर्ने महाशाखाको अनुमान छ । मेघ गर्जनसहितको पानी र हावाहुरीको पनि सम्भावना  रहेको जनाइएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको ३ दिनको मौसमी विवरण यस्तो छ-;

जेठ २८ गते (मंगलबार)

दिउँसो: देशभरिनै आंशिकदेखि सामान्य बदलि रही पुर्वी तथा मध्य भु-भागका केहि स्थानहरुमा र पश्चिमी भु-भागका थोरै स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।

राति: देशको पुर्वी भु-भागमा सामान्यदेखि पुर्ण बदली रहने साथै मध्य तथा पश्चिमी भु-भागमा आंशिकदेखि सामान्य बदलि रही देशका केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना छ।

जेठ २९ गते (बुधबार)

दिउँसो: देशभरिनै आंशिक देखि सामान्य बदलि रही पुर्वी तथा मध्य भु-भागका केहि स्थानहरुमा र पश्चिमी भु-भागका थोरै स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

राति: देशभरिनै आंशिक देखि सामान्य बदलि रही थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

जेठ ३० गते (बिहिबार)

दिउँसो: देशभरिनै आंशिकदेखि सामान्य बदलि रही पुर्वी तथा मध्य भु-भागका केहि स्थानहरुमा र पश्चिमी पहाडी भु-भागका एक-दुई स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।

राति: देशको पुर्वी भु-भागमा सामान्यदेखि पुर्ण बदली रहने साथै मध्य तथा पश्चिमी भु-भागमा आंशिक देखि सामान्य बदलि रही पुर्वी तथा मध्य भु-भागका केहि स्थानहरुमा र पश्चिमी पहाडी भु-भागका एक-दुई स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।


प्रकाशित | २८ जेष्ठ २०७६, मंगलवार ०८:४६