अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबलमा जापानको सहज जित

एजेन्सी : अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबलमा जापानले सहज जित निकालेको छ । आइतबार भएको खेलमा जापानले एल साल्भाडोरलाई २-० ले पराजित गरेको हो । जापानको जितमा केन्सुके नागाईले दुई गोल गरे । उनले दुवै गोल पहिलो हाफमा गरेका थिए । खेलको १९ औं मिनेटमा नागाईले गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ४१ औं नागाईले व्यक्तिगत दोस्रो गोल गर्दै जापानलाई २-० को जित दिलाए । कोपा अमेरिकाको तयारीमा रहेको जापानले मध्ये अमेरिकी राष्ट्रसंग मैत्रीपूर्ण खेल खेलेको हो । ब्राजिलमा अर्को महिना सुरु हुने कोपा अमेरिकाले जापानले अथिति राष्ट्रको रुपमा प्रतिस्पर्धा गर्दैछ ।


प्रकाशित | २६ जेष्ठ २०७६, आईतवार १८:५५