‘विकास र समृद्धि’को यात्रामा कहिल्यै थाक्दिन : सूर्यविनायक नगर प्रमुख थापा

भक्तपुर :  भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिकाका प्रमुख बाशुदेब थापाले आफु निर्वाचित भए पछि जनताको साथ र सहयोग हरपल हरक्षण पाएको बताउँदै आगामी दिनमा विकास र समृद्धिको कार्यमा नथाक्ने बताउनुभएको छ ।

सूनपा वडा नं. ७ को आयोजना, साना किसान सहकारी संस्थाको सम्झौतामा नगरपालिकासँग भए अनुसार हाइटेक ग्रिनहाउससँगको सहकार्यमा व्यवसायीक कृषकहरको लागि फूलको वेर्ना वितरण कार्यक्रममा बोल्दै प्रमुख थापाले सून र हिरा खाएर नहुने बताउँदै उहाँले वर्तमान समयमा कृषी पेशा नै अपरिहार्य भएको बताउनुभयो ।

प्रमुख थापाले कृषीमा आधुनीकिकरण गरी रोजगारी, आत्मनिर्भर बनाई युवाहरुलाई विदेशमा पालयन हुनबाट रोक्नु पर्नेमा जोड दिँदै आगामी वर्ष नगरपालिकाले कृषिमा विशेष बजेटको व्यवस्था गर्ने बताउनुभयो । उहाँले विगतको वर्षमा फूल खेतीको लागि चार लाख बजेटको व्यवस्था गरेको र त्यसबाट उत्कृष्ट नतिजा प्राप्त भएकाले आगामी वर्ष आठ लाखको व्यवस्था गर्ने समेत घोषणा गर्नुभयो ।

जनताको मागलाई सम्बोधन गर्न सूनपा अब्बल रहेको भन्दै प्रमुख थापाले सडक, ढल, खानेपानी, भौतिक संरचना निर्माण तथा विस्तार वादविदाद रहित तिव्र गतिका साथ अघि बढेको बताउनुभयो ।

कार्यक्रममा सूनपाका प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवालीले कृषकको पसिनाले उचित मोल पाउनुपर्ने बताउँदै कृषि, पर्यटन, शिक्षा र पूर्वाधार सूनपा समृद्धिको आधार भएको बताउनुभयो । उहाँले आगामी नगरपालिकाको बजेत, नीति तथा कार्यक्रममा कृषिलाई विशेष प्राथमिकता दिने समेत बताउनुभयो ।

कार्यक्रममा सूनपा वडा नं. ७ का वडाध्यक्ष रविन्द्र सापकोटाले आर्थिक उन्नती, रोजगारी, आत्मनिर्भर, महिला शसक्तिकरण, व्यवसायीक बनाउन फूल खेती महत्वपूर्ण भएको बताउनुभयो ।

४५० जनालाई वितरण गरिएको उक्त फूलको विरुवामा कम्तिमा ५० वटा र बढीमा ४०० वटा निशुल्क वितरण गरिएको कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख सरिता कँुवर, जिल्ला सहकारी संस्थाका अध्यक्ष सनिस लागेजु, अम्बीका बस्नेत लगायतले सुभकामना व्यक्त गर्नुभएको थियो ।


प्रकाशित | २१ जेष्ठ २०७६, मंगलवार २१:२१