सरकारमा आलोपालो नेतृत्व गर्ने सहमति उल्लंघन भए पार्टी एकताको प्रक्रिया अवरुद्ध हुन सक्छ : वामदेव गौतम

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य वामदेव गौतमले यसअघि नेकपा एमाले र माओवादी केन्द्र बीच भएको सहमती उल्लंघन भए पार्टी एकता प्रक्रिया अवरुद्ध हुने चेतावनी दिनुभएको छ । सरकारको नेतृत्वमा आलोपालो गर्ने यसअघिको सहमति उल्लंघन भए पार्टी एकताको प्रक्रिया अवरुद्ध हुने नेता गौतमले चेतावनी दिनुभएको हो ।

प्रेस संगठन प्यूठानले शुक्रवार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा गौतमले पार्टी एकताको बाँकी काम पूरा गर्न र इमान्दारिता देखाउनका लागि पनि सहमति कार्यन्वयन गर्नुको विकल्प नभएको बताउनुभयो ।

तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता हुँदा भएको सहमतिमा सरकारमा आलोपालो नेतृत्व गर्ने सहमति भएको कुरा बिहीबार सार्वजनिक भएको थियो । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताका समयमा भएको सहमति कार्यान्वयन हुनेमा आफू ढुक्क भएको एक टेलिभिजन अन्तर्वार्तामा बताएसँगै नेता गौतमले सो भनाईले प्रचण्डलाई बल पुर्याएको छ ।


प्रकाशित | १७ जेष्ठ २०७६, शुक्रबार २०:४०