नौ जनाको सामूहिक हत्या भएको मिक्लाजुङ गाउँपालिकामा आज शोक बिदा

पाँचथर: मिक्लाजुङ गाउँपालिकामा मङ्गलबार आज शोक बिदा दिइने भएको छ । गाउँ कार्यपालिकाको बैठकले यही जेठ ६ गते मिक्लाजुङ–३, आरुबोटेमा भएको विभत्स हत्या भएका विद्यार्थी बालबालिकाको आत्माको चिरशान्तिको कामना गर्दै एक दिन बिदा दिने निर्णय गरेको हो । गाउँपालिका अध्यक्ष अमर माखिमका अनुसार आज गाउँपालिकाका सबै शैक्षिक संस्थामा शोक बिदा दिने निर्णय गरिएको हो । हत्याकाण्डमा मारिएका नौ जनामध्ये १२ वर्षीया युहाना, १० वर्षीया मुना, आशिका र आठ वर्षीया इक्सा स्थानीय आरुबोटे माविका विद्यार्थी हुन् ।


प्रकाशित | १४ जेष्ठ २०७६, मंगलवार ०८:१९