टिप्पर खोलामा खस्दा चालकको मृत्यु, सहचालक बेपत्ता

गोरखा: गोरखाको सिरानचोक गाउँपालिका –७ चिउरे भीरमा टिप्पर खोलामा खसेको छ । खोलामा टिप्पर खसेपछि दुर्घटनामा सिरानचोक गाउँपालिका –७ भालुस्वाँराका २० वर्षीय टिप्पर चालक सुमन खड्काको ज्यान गएको छ । प्रहरीका अनुसार शनिबार राति १० बजेतिर बा ५ ख १९८२ नम्बरको टिप्पर दरौँदी नदीमा खसेको हो । टिप्परका सहचालक बेपत्ता छन् । उनको पहिचान खुलेको छैन । टिप्परमै यात्रा गरिरहेका स्थानीय जनक गुरुङलाई घाइते अवस्थामा उद्धार गरिएको छ ।


प्रकाशित | १२ जेष्ठ २०७६, आईतवार १०:२४