कालिञ्चोक गाउँपालिका -३ का सबै विद्यालयहरुमा बालमैत्री शिक्षा लागू गरिदैं

दोलखा : ‘बालमैत्री शिक्षाको लागि हाम्रो अभियान ‘ भन्ने मूल नाराका साथ कालीञ्चोक गाउँपालिका वडा नं.३ ले वडाका सबै विद्यालयहरुमा बालमैत्री शिक्षा लागू गर्ने भएको छ । कालिञ्चोक गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष निशान बुढाथोकीले सो अभियानको लागि अगाडि बढिरहेको बताउनुभयो ।

कालिञ्चोक गाउँपालिका वडा नं. ३ मा विभिन्न ६ वटा विद्यालयहरुको प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु बीच संयुक्त छलफल गरि बालमैत्री शिक्षा लागू गरिन लागिएको अध्यक्ष बुढाथोकीले जानकारी दिनुभयो ।

वडामा प्रावि ४ वटा र मावि २ वटा विद्यालय रहेको वडाध्यक्ष बुढाथोकीले बताउनुभयो । वडाका सबै विद्यालयका प्रअ सम्मिलीत संयुक्त बैठकले गाउँपालिका वडा नं. ३ का सबै विद्यालयहरुमा बालमैत्री शिक्षा लागु गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुरुप वडा कार्यालय अगाडि बढेको छ ।


प्रकाशित | ५ जेष्ठ २०७६, आईतवार २१:३४