चाबहिल-बौद्ध-जोरपाटी सडकको त्यो दूरावस्था जसले सर्वसाधारणलाई शंख फुकेरै विरोध गर्न बाध्य तुल्यायो

काठमाडौं : चाबहिल-बौद्ध-जोरपाटी सडकखण्डका सर्वसाधारण आखिर अती भएपछि शंख फुकेरै सडकमा विरोधमा उत्रीन बाध्य हुनुपरेको छ । सडकको दुरास्वस्थाले आजीत बनेका सर्वसाधारण बिहीबार भने शंखै फुकेर विरोधमा उत्रिन बाध्य हुनुपरेको हो । स्थानीय तथा ब्यापारीहरुले कालोपत्रे छिटो गर, ढिलासुस्ती गर्ने ठेकेदारलाई कारवाही गर, भन्नेजस्ता नारासहितका प्लेकार्ड बोकेर शंख फुक्दै चर्को नाराबाजीकाबीच विरोधमा उत्रिएका हुन ।

जसको विरोधमा स्थानीयले बिहानैदेखि सडक अवरुद्ध गरिरहेका छन् । सो क्षेत्रमा सडक अवरुद्ध बनेको छ भने स्थानीय र प्रहरीबीच तनावको स्थिति बनीरहेको देखिन्छ । प्रहरीले सडक सञ्चालनमा ल्याउन र अवस्थालाई नियन्त्रण गर्न अश्रुग्यास हानेको छ । स्थानीयले प्रहरीको अश्रुग्यासको बदलामा इँटा ढुंगा प्रहार गर्दै सडकमा टायर बालेर विरोध गरिरहेका छन् ।

सडक मर्मत नहुँदा धूलो र हिलोले आजित बनेका सर्वसाधारण स्वतस्फूत यसरी शंख फुकेर विरोधमा उत्रिनु सामान्य घटना होइन । किनकी यसले जनता कती आजीत र पीडित रहेछन तथा सास्ती खेप्न बाध्य रहेछन भन्ने पनि स्पष्ट बुझन सकिन्थ्यो । सरकारले आर्थिक सम्मृद्धिको नारा लगाइरहँदा जनतामा यतीधेरै आक्रोश पोखीनुलाई सम्बन्धीलाई निकायले सामान्य घटना ठान्नु नहुने विश्लेषकहरु बताउँछन् ।

उक्त सडकमा खण्डखण्ड बनाएर कालोपत्रे सुरु नभएको पनि होइन । तर लामो समय भएसक्दा पनि सडक पिच नहुँदा स्थानीयले हदैसम्मको सास्ती खेप्नूपरिरहेको छ । जुनसुकै समयमा पनि पानी पर्दा हिलो र घाम लाग्दा धूलोबाट सास्ती खेप्नुपर्छ । चाबहिलदेखि थलीसम्मको सडकखण्डको ६ ठाउँमा कालोपत्रे सम्पन्न गरिएको छ । हरियाली नगरसम्म कालोपत्रेको काम भइरहेको छ भने थलिदेखि साँखुसम्मको सडकमा भने कालोपत्रेको शूरु समेत गरिएको छैन ।


प्रकाशित | २६ बैशाख २०७६, बिहीबार १४:३८