एमालेको मतगणना सुरु, केहीबेरमा परिणाम घोषणा हुने

काठमाडौं – नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन अन्तरगत भएको मतदानको गणना सुरु भएको छ । आज बिहान ४ बजेदेखि सुरु भएको मतदान साढे १० बजे सकिएको थियो । कुल २ हजार १५३ मतदातामध्ये २ हजार ११४ मत खसेको बताइएको छ ।

चुनावमा अध्यक्षका लागि निवर्तमान अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावल प्रतिस्पर्धामा हुनुहुन्थ्यो । त्यस्तै उपाध्यक्षका लागि ओलीले घोषणा गरेकाबाहेक घनश्याम भुसाल, सचिवमा भीम आचार्य र टंक कार्की चुनावी प्रतिस्पर्धामा हुनुहुन्थ्यो भने
सदस्यहरुका लागि पनि मतदान भएको छ ।


प्रकाशित | १४ मंसिर २०७८, मंगलवार १३:२१