एमालेको बरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल निर्विरोध निर्वाचित

चितवन – नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट पार्टीको बरिष्ठ उपाध्यक्षमा पूर्वमहासचिव ईश्वर पोखरेल निर्विरोध निर्वाचित हुनु भएको छ । तोकिएको समयभित्र वरिष्ठ उपाध्यक्षमा अन्य कसैको पनि उम्मेदवारी नपरेपछि पोखरेल निर्विरोध निर्वाचित हुनु भएको हो ।

वरिष्ठ उपाध्यक्षमा पोखरेलसहित पाँच जना पदाधिकारीहरु निर्विरोध निर्वाचित हुनु भएको छ । यसको औपचारिक घोषणा हुन भने बाँकी छ ।

अहिलेसम्म निर्विरोध निर्वाचित हुनेमा महासचिव शंकर पोखरेल र तीन सिट रहेको उपमहासचिव पदमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल हुनुहुन्छ ।


प्रकाशित | १३ मंसिर २०७८, सोमबार १२:००