कांग्रेसको ३२ जिल्लामा चुनीए नयाँ नेतृत्व, कुन जिल्लामा को चुनीए ?

काठमाडौं – नेपाली कांग्रेसको ३२ वटा जिल्लामा नयाँ नेतृत्व चुनीएको छ । कांग्रेसको निर्वाचन समितिका अनुसार शुक्रबारसम्म ३२ जिल्लामा अधिवेशन सम्पन्न भएको छ । पार्टीको १४ औं महाधिवेशन अन्तर्गत शुक्रबारदेखि एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका जिल्लाहरुमा जिल्ला अधिवेशन सुरु भएको छ ।

प्रदेश २ का आठ जिल्लाबाहेक अधिकांश जिल्लामा जिल्ला अधिवेशन सुरु भएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । अहिलेसम्म संस्थापक पक्षबाट १७ जिल्ला, संस्थापन इतर समूहबाट १४ जिल्ला र १ जिल्लाबाट स्वतन्त्र रुपमा सभापति निर्वाचीत भएका छन् ।

कुन पक्षबाट को को चुनीए ?

संस्थापन समूहबाट जिल्ला सभापति निर्वाचित हुनेहरु

१‍. गजेन्द्रप्रसाद तुम्याहाङ, ताप्लेजुङ

२. मोहनविक्रम सिंह, हुम्ला

३. पूर्णबहादुर तामाङ (कान्छाराम), रामेछाप

४. ऐनबहादुर शाही, मुगु

५. खडक बोहरा, बझाङ

६. खमबहादुर गर्बुजा, म्याग्दी

७. शंकर गुरुङ, मनाङ

८. केशरबहादुर विष्ट, सल्यान

९. दीपेन्द्र शाही, डोल्पा

१०. भीमबहादुर साउद, डडेल्धुरा

११. कर्णबहादु शाही, जुम्ला

१२. बेदराज सिंह, जाजरकोट

१३. रुपनारायण जवेगु, पाँचथर

१४. डा. टकबहादुर गुरुङ, लमजुङ

१५. नरेन्द्रबहादुर सिंह, डोटी

१६. तेजेन्द्र खनाल, ओखलढुंगा

१७. युवराज जोशी, पर्वत

संस्थापनइतर समूहबाट सभापतिमा निर्वाचित हुनेहरु

१. दीपक खड्का, संखुवासभा

२. अम्मबहादुर शाही, कालीकोट

३. बर्मा लामा, दोलखा

४. रोमी गौचन, मुस्ताङ

५. केशरमान रोका, रुकुम पूर्व

६. नन्दप्रसाद न्यौपाने, गोरखा

७. रामसिंह रावल, बाजुरा

८. केशव श्रेष्ठ, अर्घाखाची

९. विष्णुकुमार गिरी, प्यूठान

१०. चतुरबहादुर चन्द, बैतडी

११. विनोद बान्तवा, भोजपुर

१२. अर्जुनबहादुर तुम्बाहाङ्फे, तेह्रथुम

१३. किशोर आचार्य, रोल्पा

१४. विष्णुकुमार राई, खोटाङ

स्वतन्त्र

१. प्रेमप्रकाश वली, रुकुम पश्चिम


प्रकाशित | १० मंसिर २०७८, शुक्रबार १९:३१