काठमाडौंका १० वटै निर्वाचन क्षेत्रको अधिवेशन सकियो, कुन क्षेत्रमा को भए विजयी ?

काठमाडौँ — नेपाली कांग्रेसको काठमाडौंका १० वटै निर्वाचन क्षेत्रको नतिजा आएको छ । कांग्रेस स्रोतका अनुसार १० वटै निर्वाचन क्षेत्रको नतिजा आएको हो ।  काठमाडौं क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा रविन्द्रविक्रम राणा सर्वसम्मत निर्वाचित भएका छन् । काठमाडौं क्षेत्र नम्बर २ मा कविर शर्मा निर्वाचित भएका छन् ।

उता क्षेत्र नम्बर ३ मा सन्तोष चालिसे सभापति निर्वाचति भएका छन् । उनी गोकणेश्वर नगरपालिकाका मेयर हुन् । काठमाडौं क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा श्यामकृष्ण संगत सर्वसम्मत निर्वाचित भएका छन् । क्षेत्र नम्बर ५ मा श्याम खड्का, क्षेत्र नम्बर ६ मा श्याम खड्गी दोस्रोपटक निर्वाचित भएका छन् ।

त्यस्तै, क्षेत्र नम्बर ७ मा मुकुन्द रिजाल, क्षेत्र नम्बर ८ मा राजेशकुमार श्रेष्ठ, क्षेत्र नम्बर ९ मा जयकृष्ण महर्जन र १० मा पुकार श्रेष्ठ निर्वाचित भएका छन् ।


प्रकाशित | ८ मंसिर २०७८, बुधबार १४:१८