एनआरएनएलाई नेपाली राजनीतिले होइन, अन्तराष्ट्रिय मूल्य मान्यता अनुसार संचालन गरौ : डिला खरेल

गैर आवासीय नेपाली संघका अभियन्ता डिला खरेलले एनआरएनमा देखिएको वर्तमान विवादलाई अन्तरास्ट्रिय मूल्य मान्यता र अभ्यास अनुसार संचालन गरी निकास दिनु पर्ने सूझाउनु भएको छ । अस्ट्रेलिया निवासी खरेलले एनआरएन एक असाध्य राम्रो संस्था भएकाले संस्थाको गरिमा, इज्जत र प्रभावलाई विकास र अन्तरास्ट्रिय स्तरमा वृद्धि गर्न नसकेकोमा चिन्तित तुल्याएको बताउनु भयो । ‘एनआरएनलाई अन्तरास्ट्रिय स्तरको समाजसेवी र परोपकारी संस्था बनाउनु पर्दछ’, खरेल भन्नुहुन्छ, ‘रोटरी र लायन्स क्लवहरुबाट उदाहरण लिउ र सिकौ ।’

यस्तो छ खरेलको विचार

हामी सवै मिलेर यसको निकासका लागी नि:स्वार्थ जुटनुको विकल्प छैन ।

यसरी संस्था आज यस किसिमको समस्यामा पर्नुको प्रमुख कारण भनेको संस्थाको निर्वाचन प्रक्रिया, नेतृत्व छनौट विधि र तरिका हो – यो आवश्यकता भन्दा वढी (तपाई हामीहरु नै जो जो संलग्न छौ) नेपाल स्थित राजनीतिक दल र अझ चरम स्वार्थ र व्यक्तिगत मानोमानी र टक्राव का पछाडी लागेउ, यो गलत भयो र यो दु: खद परिणाम आयो ।

अन्य कुराहरुमा कही कतै समस्या छैन, एनआरएनले उत्कृष्ट कामहरु गरेको छ, गर्ने नै छौ ।

निकास के त ?

अव सवैले संस्थालाई प्रधान ठानेर, विधि विधानलाई मानेर मात्र निर्वाचन प्रक्रिया र नेतृत्व चयनलाई विश्वव्यापी र अन्तराष्ट्रिय मान्यता अनुसार हुने गरी कायम गरौ र मन, वचन र कर्मले पालना गरौ, जस्तो कि यो अव एनआरएनको निर्वाचन विधि र पद्धति अन्तराष्ट्रिय परोपकारी र सामाजिक संस्था रोटरी क्लब र लायन्स क्लबको जस्तो हुने गरी अभ्यास गरौ ।

संसारभर रहेका गैर आवासीय नेपाली संघहरू भिजन २०२० एण्ड वियोण्ड,  यसको थप विकास र परिमार्जन सहित अगाडी बढनु पर्दछ ।

– उक्त भिजनले संसार भर छरिएर रहेका नेपालीहरूको एक साझा घरको परिकल्पना गरेको छ । (United Nation’s Of Nepali Diaspora)

अव सम्पूर्ण रूपमा संस्थाको सुधार, विकास र परिमार्जनका लागी फेरी एक पटक नि: स्वार्थ जुरुक्क उठौ ।


प्रकाशित | ७ मंसिर २०७८, मंगलवार १२:४८