दोलखाका स्वास्थ्य चौकीहरुमा २६ थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

काठमाडौँ – दोलखाका विभिन्न स्वास्थ्य चौकीहरुमा २६ थान अक्सिजन कन्सन्ट्रेटर हस्ताण्तरण गरिएको छ । हङकङबाट पठाइएको २२४ थान अक्सिजन कन्सन्ट्रेटर मध्ये २६ थान जिल्लाका विभिन्न स्वास्थ्य चौकीहरूलाई हस्तान्तरण गरिएको हो ।

हङकङ एक्स आर्मी एसोसिएसनको सौजन्य तथा अमरधन स्मृति प्रतिष्ठानको समन्वयमा एनआरएनए आईसीसीका सल्लाहकार त्रिलोक गुरूङको पहलमा अक्सिजन कन्सन्ट्रेटर नेपाल ल्याईएको थियो । 

जिल्लाको भिमेश्वर नगरपालिका ४ जिलु तथा वडा नं ७ मकैवारीमा एक कार्यक्रमको आयोजना गरी स्वास्थ्य चौकी ईञ्चार्जहरूलाई हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा वोल्दै राप्रपा प्रवास विभाग तथा कार्यसम्पादन समिति सदस्य विजय खड्काले कोरोना विरुद्ध लड्नको लागि थप सहयोग जुटाउन पहल गर्ने बताउनु भयो । जिल्लाको अस्पताल तथा स्वास्थ्य चौकीहरूको स्तरवृद्धिको लागि पनि दाताहरूसंग सहयोगको लागि पहल गरिने उहाँको भनाई थियो ।

कार्यक्रममा विशेष अतिथिको रुपमा वडा अध्यक्षहरू हरिवंश चौलागाई र कैलाश श्रेष्ठ रहनु भएको थियो । कार्यक्रममा नेपाली काग्रेस नेता केशव चौलागाई, राप्रपा नेताहरू विष्णु श्रेष्ठ,शिव केसी ,किरण शाही लगायतका वत्ताले आ–आफ्नो धारणा राख्नु भएको थियो ।

राप्रपा जिल्ला अध्यक्ष राजनवहादुर शिवाकोटी ,सचिव रामवहादुर तमाङ (पेमा), युवा नेता तोरण सापकोटा लगायत समाजसेवी तथा स्वास्थ्य कर्मीहरूको उपस्थिति रहेको थियो । अक्सिजन कन्सन्ट्रेटर सहयोगले कोरोना विरुद्ध लड्न महत्वपूर्ण भूमिका खेल्ने वक्ताहरुको भनाई थियो ।

दोलखा जिल्लालाई प्राप्त अक्सिजन कन्सन्ट्रेटर घ्याङ स्वास्थ चौकी ,भेडपु,डाडाखर्क,मेलुङ, मार्वु, गैह्रिमुदी श्यामा, भिनपा १ स्वास्थ चौकी दोलखा, जिलु स्वास्थ्य चौकी, किरातीछाप स्वास्थ्य चौकी (मकैवारी, वोच र लाकुरीडाँडा स्वास्थ्य चौकी, (सुनखानी स्वास्थ्य चौकी, बाबरे स्वास्थ्य चौकी, लामावगर, ओराग, बुलुगं, लादुक, चिलंखा, आलम्पू, विगु, खोपाचागु, विगु स्वास्थ्य चौकी, गाउँपालिका एम्बुलेन्स सेवा, रोल्वालिगं सामुदायिक अस्पताल भुषाफेदा स्वास्थ्य चौकीमा हस्तान्तरण गरिएको हो ।


प्रकाशित | २६ कार्तिक २०७८, शुक्रबार ०८:३२