बहराइनमा आयोजित मैत्रीपूर्ण फुटबलमा नेपाली टिम बन्यो विजेता

बहराइन – नेपाली क्लब बहराइन र बंगलादेश सोसियल कम्युनिटीको आयोजनामा बहराइनमा नेपाल र बङ्लादेश बिचको मैत्रीपुर्ण  फुटबल प्रतियोगिता आयोजना गरिएको छ । अन्तरब्यापी मैत्रीपुर्ण फुट्बल प्रतियोगिताको पेनाल्टी सुटआउटमा ४-२ को अग्रताले नेपााली टिमले विजय हासिल गरेको हो । विजय भएसँगै  नेपाली टिमले मेडल र ट्रफीसमेत हात पारेको छ ।

This image has an empty alt attribute; its file name is team11-768x1024.jpg

नेपाली टिमको तर्फबाट टिम म्यानेजरमा श्रवण बमजन र कप्तान बिनोद राई हुनुहुन्थ्यो । खेलाडीहरुमा क्रमश सुरेश पाइजा, विशाल गुरुङ, अनुप चौधरी, सुरेश मगर, विज्ञान गुरुङ, उज्वल धिमाल, ज्ञानु राई, गंगा लिम्बु, अनुप ठकुरी, महेश गुरुङ, देबेन्द्र गुरुङ, अनिल गुरुङ, विवेक लिम्बु, सन्दिप थकाली, सन्तोष गुरुङ, हाङ्जोक लिम्बू, सूर्य कार्की, किरण तामाङ (कोच), गुणराज मगर (स्वयंसेवक) हुनहुन्थ्यो ।

प्रतियोगितामा अल मुमताज कन्सटक्सनले डायामन्ट, अल मारवा कन्सटक्सन डब्लू एलएलले प्लैटिनम, जेन्ज एक्सचेन्जले कांस्य, अल हिलाल अस्पताल र लिनास मेडिकल सेन्टरले सिलावर, मेडिकल सामाग्री सहयोग गर्नु भएको थियो ।

त्यस्तै, अल मदिना भोजनालय, अलाउद्दीन ओरिसा कन्सटक्सन डब्लू एलएल, लक्ष्मी गिरी, सुरेश चौधरी, मनोज राईलगायतले पनि सहयोग गुर्न भएको थियाृ ।


प्रकाशित | २३ कार्तिक २०७८, मंगलवार १२:४८