मकाउमा आयोजित फुटबलको उपाधि मादीले जित्यो (फोटोफिचरसहित)

मकाउ – गैर आवासीय नेपाली संघ मकाउको आयोजनामा फुटबल प्रतियोगिता सम्पन्न भएको छ । यसअघि दशैंको अवसरमा आयोजना गर्ने भनीए पनि कोरोनाको कारण रोकिएको सो प्रतियोगीता दुई दिन मकाउको ताईपा स्थित फुटबल खेल मैदानमा सम्पन्न भएको हो ।

प्रतियोगीतामा मादी गाउँपालिकाको टिम पोखरा(बी) १३ ले उपाधि जितेको छ भने गोरखा (बी) उपविजेता र गोरखा (ए)ले तेस्रो स्थान हासिल गर्न सफल भएको छ । प्रतियोगितामा विभिन्न १२ वटा टिम सहभागि थिए ।

एनआरएनए एनसिसी मकाउका अध्यक्ष राजेश प्रसाईले तिहारको अबसरमा आयोजित कार्यक्रममा नेपाली समुदाय र खेल प्रेमीहरुको उल्लेख्ख सहभागिता रहेको बताउनु भयो ।

प्रसाईका अनुसार विजेता खेलाडीहरुलाई क्रमश २ हजार ५ सय हङकङ डलर, १ हजार ५ सय हङकङ डलर र तेस्रो विजेता टिमले १ हजार हङकङ डलर साथमा ट्रफी र मेडल प्रदान गरिएको थियो । त्यस्तै, उत्कृष्ट तीन खेलाडीहरुलाई समेत ट्रफी प्रदान गरिएको थियो।


प्रकाशित | २१ कार्तिक २०७८, आईतवार १३:४७