नेपाल आइडलको जजमा शम्भुजित, सुगम र सुवानी

काठमाडौं – नेपाल आइडल चौथो सिजनको निर्णायकमा शम्भुजित बाँस्कोटा, सुगम पोखरेल र सुवानी मोक्तान चुनीनु भएको छ । शुक्रबार निर्माण पक्षले निर्णायकहरुको नाम सार्वजनिक गरेको हो ।

यसअघिका तीन सिजनमा न्यूह बज्रचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी जजको रुपमा हुनुहुन्थ्यो । निर्माण पक्षका अनुसार चौथो सिजनको होस्ट आशिफ शाह र रेश्मा घिमिरेले गर्नुहुने भएको छ ।

नेपाल आइडल सिजन ४ को डिजिटल अडिसन पनि खुल्ला भइसकेको छ । ‘एपिओएन’ एप डाउनलोड गरी प्रतियोगीहरुले अडिसन दिन सक्नेछन् ।


प्रकाशित | ४ भाद्र २०७८, शुक्रबार १७:१६