रवीन्द्र मिश्रको पार्टीको नाम परिवर्तन

काठमाडौं : रवीन्द्र मिश्र नेतृत्वको पार्टीको नाम परिवर्तन गरिएको छ । बैशाख ११, १२ र १३ गते बसेको पार्टीको केन्द्रीय समितिको बैठकले पार्टीको नाम परिर्वतन गरेको हो । बैठकले यसअघि पार्टीको नाम विवेकशील साझा पार्टी रहेकोमा अहिले फेरेर साझा विवेकशील पार्टी राख्ने निर्णय गरिएको जनाइएको छ । पार्टीका संयोजक रविन्द्र मिश्रले पार्टी छाडेकाले पनि सोही नाम बोल्ने लगायतका प्राविधिक कारणले नाम परिवर्तन गरिएको बताउनुभयो । बैठकले पार्टीले भ्रष्टाचार विरुद्ध देशभर अभियान संचालनलगायतका निर्णय समेत गरेको छ ।


प्रकाशित | १४ बैशाख २०७६, शनिबार १७:१०