आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाउनु भएको छ । देउवाले आज दिउँसो ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाउनु भएको हो । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ । आजको मन्त्रिपरिषद बैठकले संसद अधिवेशन अन्त्य गर्ने बुझिएको छ ।


प्रकाशित | ४ श्रावण २०७८, सोमबार १५:१९