आईसीसी विश्वकप गुमाउने ‘अभागी प्लेईङ-११’

एजेन्सी: आगामी महिनाबाट सुरु हुने आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा सहभागी सबै १० राष्ट्रको टुंगो लागिसकेको छ । विश्व क्रिकेटको कुम्भमेला विश्वकप इंग्ल्यान्ड र वेल्समा आगामी मे ३० बाट सुरु हुनेछ । यस संस्करणमा आयोजक इंग्ल्यान्डसंगै भारत, न्युजिल्याण्ड, दक्षिण अफ्रीका, अष्ट्रेलिया,पाकिस्तान, बंगलादेश,श्रीलंका, वेष्ट इण्डिज र अफगानिस्तानले प्रतिस्पर्धा गर्ने छन् ।

करिब एक महिना चल्ने विश्वकपका लागि सबै १० राष्ट्रले आफ्नो राष्ट्रिय टोलीको घोषणा गरिसकेको छ । बुधबार वेष्ट इण्डिजले विश्वकप खेल्ने टोलीको घोषणा गरेसंगै सहभागी १० राष्ट्रको राष्ट्रिय टिमको टुंगो लागेको हो । यस पटकको विश्वकप क्रिकेटमा नाम कहलिएका प्राय सबै खेलाडीको उपस्थिति रहने छ । विश्वमा कहलिएका क्रिकेटरहरुले आफ्नो आफ्नो टिममा स्थान पक्का गरेका छन् ।

तर, केहि विश्वका उत्कृष्ट खेलाडीले भने विश्वकप टोलीमा स्थान बनाउन असफल भएका छन् । उनीहरु आफ्नो टोलीमा पर्न नसक्दा धेरै आश्चर्यमा परेका छन् । यस पटकको विश्वकपमा भारतका ऋषब पन्तसहित श्रीलंकाका निरोशन डिक्वेला, वेष्ट इण्डिजका केइरन पोलार्ड, अष्ट्रेलियाका पिटर हाण्डसकम्ब लगायतका खेलाडी देख्न पाईने छैन ।

विश्वकप नजिकिदै गर्दा आईसीसीले टोलीमा स्थान बनाउन असफल उत्कृष्ट खेलाडीलाई समेटेर विश्वकप गुमाउने ‘अभागी प्लेईङ-११’ पनि सार्वजनिक गरिसकेको छ ।

हेर्नुहोस् अभागी प्लेईङ सेटका खेलाडीहरु –

मोहमद रिजवान (पाकिस्तान)

निरोशन डिक्वेला (श्रीलंका)

ऋषब पन्त (भारत)

अम्बाती रायडु (भारत)

दिनेश चण्डीमाल (श्रीलंका)

जोफ्रा आर्चर (इंग्ल्यान्ड)

आसिफ अली (पाकिस्तान)

केइरन पोलार्ड (वेष्ट इण्डिज)

पिटर हाण्डसकम्ब (अष्ट्रेलिया)

अकिला धनन्जय (श्रीलंका)

मोहमद अमिर (पाकिस्तान)


प्रकाशित | १३ बैशाख २०७६, शुक्रबार १७:०३