गीतकार राईको ‘मेरो नसा नसामा यलम्बरको रगत छ’ बजारमा

काठमाडौं । गीतकार करुण पुमा राईको गीत “मेरो नसा नसामा यलम्बरको रगत छ” बजारमा आएको छ । किराँतीहरुको पहिचान र सभ्यता बोकेको यलम्बर राजाको बारेमा गीत तयार पारिएको छ । प्रकृतिलाई अंगाल्ने प्राकृतिक पुजक मुन्धुमको बारेमा लोप हुन लागेको किराँत सभ्यताको बारेमा गीत तयार पारिएको छ ।

गीतमा गयाक रुप कुमार राईको स्वर र संगित रहेको छ भने कोरसमा गायिका मनिसा राई र दीपा तामाङले साथ दिनु भएको छ । गयाक रुप कुमार राई प्रय यस्तै मौलिक पहिचान र सभ्यता बोकेको गीतहरु गाउने गर्छन् । गीतकार करुण राईको भने यो पहिलो शव्द श्रीजना हो । भिडियो स्टुडियो मै तयार पारिएको छ ।


प्रकाशित | १८ असार २०७८, शुक्रबार २१:२२