विश्व बैंकले नेपाललाई साढे १७ अर्ब दिने, महामारी प्रतिकार्य र पुनरुत्थानका लागि रकम परिचालन हुने विश्वास

काठमाडौँ । विश्व बैंकले नेपाललाई १७ अर्ब ५५ करोड रुपैँया दिने भएको छ । महामारी प्रतिकार्य र पुनरुत्थानका लागि विश्व बैंकले नेपाललाई सो रकम उपलब्ध गराउने भएको हो । नेपालको आर्थिक वृद्धि, पुनरुत्थान र उत्थानशील वित्तीय नीति तथा कार्यक्रममा सघाउन उक्त रकम उपयोग हुनेछ ।

कर तथा भन्सार प्रणाली, ऋण व्यवस्थापन, सार्वजनिक खर्च, सामाजिक सुरक्षा कार्यक्रमको आधुनिकीकरण, हरित पुनरुत्थानका लागि नियामक आधार खडा गर्ने, संरचनागत व्यवधान हटाउन तथा पूँजीमा निजी क्षेत्रको पहुँच पुर्याउन सहयोग रकम परिचालन हुने बताइएको छ ।


प्रकाशित | ३ असार २०७८, बिहीबार १४:३३