पद प्राप्ति मेरो लागि ठूलो कुरा होइन: महेश बस्नेत

भक्तपुर । नेकपा एमालेका नेता तथा भक्तपुरका सांसद महेश बस्नेतले आफ्नो लागि पद प्राप्ति ठूलो कुरा नभएको बताउनु भएको छ । सांसद बस्नेतले आफ्नो राजनैतिक जीवनमा पद प्राप्ति ठुलो विषय नभएको बताउनु भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री बन्ने ब्यापक चर्चा चले पनि आज विस्तार गरिएको मन्त्रिपरिषद्मा नपरेका सांसद बस्नेतलाई जोडेर गुट परिवर्तन गर्न लागेको जस्ता टिप्पणी हुन थालेपछि सांसद बस्नेतको यस्तो प्रतिक्रिया आएको हो ।

बस्नेतले कतिपय मिडियाले आफ्नो नाम जोडेर मन्त्री बन्न नपाएपछि आक्रोसमा रहेको र गुट फेर्न लागेको जस्ता भ्रामक समाचार प्रकाशन प्रकाशनआपत्ति जनाउँदै त्यस्तो भ्रममा नपर्न आग्रह समेत गर्नु भएको छ ।

‘म जहाँ छु तेही रहनेछु र म जे छु तेही छु पद नपाउदा बिचलनमा आउने मेरो कुनै अवसरवादी चरित्र छैन र हुने पनि छैन । म अझै जोस जाँगर र उर्जाका साथ लाग्नेछु । मेरो राजनैतिक जीवनमा महिले बिकाश गर्न खोजेको नयाँ अभ्यास र संस्कार समय क्रममा थप पुष्टी हुनेछैन । पटक, पटक अग्नि परिक्षामा होमिन तयार छु’, नेता बस्नेतले भन्नु भयो ।

त्यस्तै, बस्नेतले आफू पार्टी नीति, नेतृत्व र निर्देशन सदैब पालना गरेर अगाडि बढेको बताउँदै भन्नु भयो, ‘परिभाषित काममा सदैब आफ्नो दक्षता देखाएको छु। पार्टी भित्र मात्र होइन बाहिरका मान्छेलाई समेत प्रभाब र दबाब पर्ने गरी काम गरेको छु। आफ्नो निर्वाचन क्षेत्र भक्तपुरमा आम जनताको र देशभरको एमाले कार्यकर्ता र युवा पंक्तिको मन जितेरै बसेको छु। पटक पटकको मन्त्री मण्डलको पुर्नगठनमा मेरो नाम ब्यापक चर्चा हुने गर्दछु। मेरो सहयोद्धा कमरेडहरु बनाउने पक्षमा र बनाउनै हुदैन भन्ने पक्षमा ब्यापक लाग्नु हुन्छ्। हो , मेरो सफलतामा कोही आफ्नो भलो र कोही आफ्नो राजकाज सकिन्छ भन्ने ठान्छन । मेरो विरोधी साथीहरुलाइ म झन धेरै धन्यवाद दिन चहान्छु ।जस्को कारण म हरेक पलमा सचेत भएर कदम चाल्दछु। त्यो नै महिले सिकेको सिकाई हो र उपलब्धि पनि ।’


प्रकाशित | २७ जेष्ठ २०७८, बिहीबार १७:३७