प्रधानमन्त्री ओलीले गरे मन्त्रिपरिषद् विस्तार, कसले पाए कुन मन्त्रालयको जिम्मेवारी ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्नु भएको छ । प्रधानमन्त्री ओलीले एमालेबाट ६ मन्त्री र एक राज्यमन्त्रीसहित जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षबाट एक मन्त्री बनाउनु भएको हो । यससँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । अब २५ सदस्यीय मन्त्रिपरिषद्मा तीन उपप्रधानमन्त्री छन् भने १८ मन्त्री र तीन राज्यमन्त्री बनेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीको गत वैशाख ३१ गठित मौजुदा मन्त्रिपरिषदमै नयाँ नियुक्ति, हेरफेर र कार्यविभाजन मन्त्रिपरिषद् विस्तार गरेको राष्ट्रपति कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

ओलीको २५ सदस्यीय मन्त्रिपरिषद्मा उपप्रधानमन्त्रीसहित विष्णु पौडेल अर्थ, राजेन्द्र महतो सहरी विकास, रघुवीर महासेठ परराष्ट्र मन्त्री बन्नु भएको छ ।

त्यस्तै, खगराज अधिकारी गृह, शरदसिंह भण्डारी ऊर्जा तथा जलस्रोत, कृष्ण गोपाल श्रेष्ठ शिक्षा, अनिल कुमार झा खानेपानी, शेरबहादुर तामाङ स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्नु भएको छ ।

यस्तै राजकिशोर यादव उद्योग, लक्ष्मणलाल कर्ण भूमि व्यवस्था तथा सहकारी, बसन्त कुमार नेम्वाङ भौतिक पूर्वाधार, लिलानाथ श्रेष्ठ कानुन मन्त्री बन्नु भएको छ भने पूर्व गृहमन्त्री राम बहादुर थापा बादल पत्नी नैनकला थापा सञ्चारमन्त्री बन्नु भएको छ ।

यस्तै ज्वाला कुमारी साह कृषि, विमल प्रसाद श्रीवास्तव श्रम रोजगार तथा सामाजिक सुरक्षा, उमाशंकर अरगरिया संस्कृति पर्यटन तथा नागरिक उड्ययन, चन्दा चौधरी महिला तथा बालबालिका, एकवाल मिया युवा तथा खेलकुद मन्त्री, नारदमुनि राना वन मन्त्री बन्नु भएको छ । गणेश कुमार पहाडी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बन्नु भएको छ भने मोहन बानिया प्रधानमन्त्री कार्यालय हेर्नेगरी मन्त्री बन्नु भएको छ ।

त्यस्तैगरि, राज्यमन्त्रीहरुमा चन्द्रकान्त चौधरी (ऊर्जा), रेणुका गुरुङ (महिला तथा बालबालिका) र आशाकुमारी विकले वन मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ ।


प्रकाशित | २७ जेष्ठ २०७८, बिहीबार १५:१२