माधव नेपाल समूहका गणेश पहाडी सामान्य प्रशासन मन्त्री

काठमाडौं । एमालेको माधव कुमार नेपाल र झलनाथ खनाल समुह छोडेर गणेश पहाडी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागि हुन लाग्नु भएको छ । सिन्धुलीका पहाडी नेपाल समूह छोडेर अध्यक्ष ओली नेतृत्वको सरकारमा सहभागि हुन लाग्नु भएको हो ।

प्रधानमन्त्री ओलीले पहाडीलाई समेटेर बिहीबार मन्त्रिपरिषद विस्तार गर्दै हुनुहुन्छ । विस्तारित मन्त्रिपरिषदमा ओलीले पहाडीलाई सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिन लाग्नु भएको हो पहाडी गत निर्वाचनमा नेकपा एमालेको तर्फबाट सिन्धुली क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए ।


प्रकाशित | २७ जेष्ठ २०७८, बिहीबार १३:३५