विदेशमा विचल्लीमा परेका नेपालीलाई तत्काल उद्धार नगरे स्थिति भयावह हुने (भिडियो रिपोर्ट)

काठमाडौं । गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले विदेशमा विचल्लीमा परेका नेपालीहरुलाई तत्काल उद्धार नगरे स्थिति भयावह हुने चेतावनी दिनु भएको छ । सरकारले विदेशमा रहेका नेपालीको समस्यालाई खासै वास्था नगरेकोमा आक्रोश पोख्दै तत्काल उद्धार नगरे स्थिति भयावह हुने चेतावनी दिनु भएको हो ।

अध्यक्ष पन्तले विदेशमा विचल्लीमा परेका नेपालीहरुको उद्धारको लागि नेपाल सरकारले नयाँ नीति बनाउनु पर्नेमा पनि जोड दिनुभयो । उहाँले विश्व श्रमबजारमा रहेका नेपालीमा भोकमरीको समस्या आउन सक्ने बताउँदै नेपाल सरकारले तत्काल नेपाल फर्किनको लागि वातावरण बनाउनु पर्नेमा जोड दिनुभयो ।

अध्यक्ष पन्तले विदेशमा रहेका नेपाली नागरिक पनि नेपालमा रहेका नेपाली नागरिक समान भएकाले सरकारको गम्भिर ध्यानर्कषण गराउनु भयो । अध्यक्ष पन्तले जहिल्य पनि नेपालभित्र बस्ने नेपालीको मात्र चासो दिने तर विदेशमा रहेका नेपालीलाई वेवास्था गरेको भन्दै बाहिर बस्ने नेपाली नागरिकको हकलाई सम्बोधन गर्न सरकारसमक्ष आग्रह गर्नु भयो ।

विदेशमा नेपाल जानुपर्ने नेपालीहरु थुनीएर अलपत्र र विचल्लीमा परिरहेको भन्दै अध्यक्ष पन्तले परराष्ट मन्त्री रघुवीर महासेठलाई गैर आवासीय नेपालीहरुको समस्याको विषयमा अवगत समेत गराउनु भयो ।

त्यस्तै अध्यक्ष पन्तले मुलुक अप्ठ्यारोमा परेको बेला गैर आवासीय नेपालीहरुले देशलाई सघाउने संस्कार बसिसकेको पनि बताउनुभयो । नेपाल सरकारसँग सहकार्य गरेर खोप नेपालमा पठाउन तयार रहेको भन्दै उहाँले खोप खरिदका लागि सरकारलाई प्रस्ताव समेत गरेको बताउनुभयो ।


प्रकाशित | २७ जेष्ठ २०७८, बिहीबार १२:२२