एनआरएनए क्यानडाले पठाएको ७५ वटा अक्सिजन कन्सन्ट्रेटर सरकारलाई हस्तान्तरण

काठमाडौं । गैर आवासीय नेपाली संघ क्यानडाले पठाएको ७५ वटा अक्सिजन कन्सन्ट्रेटर नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । गैर आवासीय नेपाली संघ क्यानडाले ‘नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ” अभियान अन्तर्गत नेपाली समुदायका सस्थाहरु, ब्यवसायीहरु, सामाजिक अभियान्ताहरुको सहयोगमा संकलन गरि खरिद गरिएको अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको हो ।

नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री शेर बहादुर तमाङलाई एक भर्चुअल कार्यक्रमार्फत हस्तान्तरण गरिएको हो । सोही अवसरमा अन्य एनसिसीले पठाएको सहित ४२८ वटा हस्तान्तरण गरिएको छ ।

सो अवसरमा कार्यक्रममा बोल्दै गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् क्यानाडाका अध्यक्ष चिरञ्जीवी घिमिरेले गैर आवासीय नेपाली समुदायको सहयोगमा ७५ वटा अक्सिजन कन्सनट्रेटर नेपालमा पठाएको जानकारी दिनुभयो ।

कार्यक्रममा एनआरएनए संस्थापक अध्यक्ष तथा संरक्षक उपेन्द्र महतो, पूर्व अध्यक्ष तथा संरक्षक जीवा लामिछाने, अध्यक्ष कुमार पन्त, उपाध्यक्ष डा. बद्री केसीलगायतको सहभागिता थियो ।


प्रकाशित | २५ जेष्ठ २०७८, मंगलवार १८:४६