विदेशमा अप्ठ्यारोमा परेका नेपालीहरुको तत्काल उद्धार गर्न सरकारसँग अध्यक्ष पन्तको माग

काठमाडौं । गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले विदेशमा विचल्लीमा परेका नेपालीहरुको उद्धारको लागि नेपाल सरकारसमक्ष माग गर्नु भएको छ । नेपालमा बन्द हवाई उडानका कारण विदेशमा धेरै नेपालीहरु अप्ठ्यारोमा परेको बताउँदै अध्यक्ष पन्तले तत्काल उद्धार गर्न माग गनु भएको हो ।

गैर आवासीय नेपाली संघले आयोजना गरेको एक भर्चुअल अन्तरक्रियामा सम्बोधन गर्दै अध्यक्ष पन्तले नयाँ नीति बनाउन समेत माग गर्नु भयो । उहाँले विश्व श्रम बजारमा रहेका नेपालीमा भोकमरीको समस्या आउन सक्ने बताउँदै नेपाल सरकारले तत्काल नेपाल फर्किनको लागि वातावरण बनाउनु पर्नेमा जोड दिनुभयो ।

यस्तै, अध्यक्ष पन्तले मुलुक अप्ठ्यारोमा परेको बेला गैर आवासीय नेपालीहरुले देशलाई सघाउने संस्कार बसिसकेको बताउँदै नेपाल सरकारसँग सहकार्य गरेर खोप नेपालमा पठाउन तयार रहेको बताउनु भयो । उहाँले खोप खरिदका लागि सरकारलाई प्रस्ताव गरेको समेत  बताउनुभयो ।


प्रकाशित | २५ जेष्ठ २०७८, मंगलवार ०८:०७