रोयल वेस्टर्न क्लबद्वारा खेलाडीलाई आर्थिक सहयोग

मेलबोर्न । अस्ट्रेलियाको मेलबोर्नमा अबस्थित रोयल वेस्टर्न क्लबले फुटबल खेलाडी अरुण के सी लाइ आर्थिक सहयोग प्रदान गरेको छ । क्लबका पदाधिकारी लगायत सदस्यहरुबाट उठेको १४०० डलर एक समारोह बीच हस्तान्तरण गरिएको हो ।

गत अप्रिलमा अस्ट्रेलियाको एडलेडमा आयोजित गिरिस कप प्रतियोगितामा भएको खेलको दौरानमा उहाँलाइ खुट्टामा चोट लागेको थियो । केहि हप्ता आराम गर्नु पर्ने भएकोले उक्त अबधिभर नियमित काम गर्न नसक्ने हुँदा थोरै भए पनि उहाँको आर्थिक भार कम गर्न सकियोस् भन्ने उदेश्यले सहयोग गरेको क्लबका म्यानेजर दिपेन्द्र खड्काले बताउनु भयो ।

क्लबका उपाध्यक्ष रोशन दाहालले रकम हस्तान्तरण गर्दै उहाँलाई शिघ्र स्वास्थ लाभको कामना गर्नु भयो । क्लबले आफ्ना खेलाडीहरुलाई समस्यामा परेको बेलामा बिभिन्न तरिकाबाट आवश्यक सहयोग गर्दै आएको बताउँदैं उहाँले आगामी दिनहरुमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नु भयो ।


प्रकाशित | २० जेष्ठ २०७८, बिहीबार ०९:०९