भक्तपुरको बालकोटमा प्रभु बैंक

भक्तपुर: प्रभु बैंकले भक्तपुरको बालकोटमा शाखा कार्यालय खोलेको छ । आफ्नो शाखा सञ्जाल विस्तार गरी सेवाग्राहीहरूलाई सरल र सहज रूपमा अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ सेवा पुयाउने उद्देश्यका साथ सोमबारदेखि भक्तपुर जिल्लाको सूर्यविनायक नपा–२ स्थित बालकोटमा शाखा कार्यालय खोली कारोबार सञ्चालनमा ल्याएको हो । भक्तपुर जिल्लाका संघीय सांसद महेश बस्नेतले उद्घाटन गर्नुभयो ।

बैंकको बालकोट शाखा कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि बस्नेतले प्रभु बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्दै स्थानीय तहका विभिन्न गाउँपालिका तथा नगरपालिकाहरूमा बैंकिङ पहुँचभन्दा बाहिर रहेका सर्वसाधारणहरूलाई सहज, सरल एवं गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराउन लागेकोमा प्रशंसा गर्नुहुँदै नगरवासीहरूलाई पनि प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ सेवा उपभोग गर्ने अवसर मिलेको हुँदा यो अवसरको सही सदुपयोग गरी व्यापार व्यवसाय विस्तार गर्न तथा आफ्नो आर्थिक क्रियाकलाप बैंकिङ प्रणालीमार्पmत गरी गुणस्तरीय बैंकिङ सेवाको लाभ लिन आग्रह गर्नुभयो ।

यसैगरी, कार्यक्रममा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले समग्र बालकोटवासीको आर्थिक समृद्धिका लागि प्रभु बैंक आप्mना ग्राहक महानुभावहरूसँग आवश्यकतानुसार हातेमालो तथा सहकार्य गर्न तयार रहेको उल्लेख गर्नुभयो ।


प्रकाशित | १२ बैशाख २०७६, बिहीबार १२:१७