तीनकुनेदेखि जडीबुटीसम्म सुरूङमार्ग बनाइने, १ अर्ब ८० करोड बजेट विनियोजन

काठमाडौं । सरकारले तीनकुनेदेखि जडीबुटीसम्म सुरूङमार्ग बनाउने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले काठमाडौंको जाम हटाउने लक्ष्यका साथ सुरूङमार्ग बनाउन १ अर्ब ८० करोड बजेट विनियोजन गरिएको जानकारी गराउनु भयो ।

त्यस्तै, चक्रपथमा पर्ने राजधानीका व्यस्त सातदोबाटो, ग्वार्को र एकान्तकुनामा फ्लाइओभर बनाइने भएको छ । २ वर्षभित्र काठमाडौंको चक्रपथ विस्तार कार्यक्रम सम्पन्न गर्न २ अर्ब ६४ करोड, नागढुंगा-सिस्नेखोला सुरुङमार्ग २ वर्षभित्र संचालनमा ल्याउन ९ अर्ब ८५ करोड बजेट पनि विनीयोजन गरिएको छ ।


प्रकाशित | १५ जेष्ठ २०७८, शनिबार १८:२९