संसद विघटनविरुद्ध कांग्रेसले कानुनी र राजनीतिक लडाइँ लड्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटनविरुद्ध कानुनी र राजनीतिक लडाइँ लड्ने निर्णय गरेको छ । कांग्रेसले संसद विघटनको विरोध गर्न नागरिक समाजलाई आह्वान समेत गरेको छ ।

शनिबार बिहान बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको संयुक्त बैठकले लोकतन्त्र खतरामा परेको निष्कर्ष निकाल्दै त्यसको रक्षाका लागि कानुनी र राजनीतिक लडाइँ लड्ने निर्णय गरेको हो ।

बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको थियो । पार्टी सभापति शेरबहादुर देउवाले बहुमत सांसदहरुको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गर्दागर्दै पनि दाबी नपुगेको भनेर संसद विघटन गर्नु अलोकतान्त्रिक र षड्यन्त्रपूर्ण भएको कांग्रेसको ठहर छ । त्यसको विरोध गर्न कांग्रेसले नागरिक समाजलाई अपीलसमेत गरेको छ ।


प्रकाशित | ८ जेष्ठ २०७८, शनिबार १२:१९