विश्वभर १४ करोड ५० लाख बढीले जिते कोरोना

काठमाडौँ । विश्वभर १४ करोड ५० लाखभन्दा बढी कोरोनामुक्त बनेका छन् । यो समाचार तयार पार्दासम्म विश्वभर १४ करोड ५० लाख १६ हजार ४५७ जना कोरोना संक्रमित निको भएका हुन् । हाल विश्वभर संक्रमितको संख्या १६ करोड ४८ लाख ८० हजार ६१६ रहेको छ ।

पछिल्लो २४ घण्टामा ६ लाख ८ हजार ४६५ जना नयाँ संक्रमित थपिएका छन् । सोही अवधिमा १३ हजार ८३३ को मृत्यु भएको छ । योसँगै विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३४ लाख १८ हजार ५५ पुगेको छ।

विश्वमा सक्रिय संक्रमितको संख्या १ करोड ६४ लाख ४६ हजार १०४ छ । जसमध्ये १ लाख ८२५ जनाको स्वास्थ्य अवस्था गम्भीर छ ।


प्रकाशित | ५ जेष्ठ २०७८, बुधबार ०९:५७