नगरवासीलाई सेवा दिन हर सम्भव प्रयासरत छौ, तर नागरिकहरु पनि सचेत हुनुपर्छ : रामेश्वर श्रेष्ठ (अन्तर्वार्ता )

कोरोनाको दोस्रो लहरका कारण देश आक्रान्त बनेको छ । अस्पतालले धान्नै नसक्ने गरि संक्रमितको संख्यामा वृद्धि भइरहेको छ । बिरामीले कतै अस्पतालमा बेड पाइरहेका छैनन् भने कतै अक्सिजन नपाएकै कारण अकालमै मृत्युवरण गर्नु पर्ने बाध्यता छ । संघीय संरचनामा अघि बढेको देशमा तीन तहका सरकारहरु रहेका छन् । आफ्ना नागरिक बचाउनका लागि केन्द्रीय, प्रदेश र स्थानीय तहका सरकारहरु आ–आफ्नो हिसाबले लागि परिरहेका छन् । जनताको सबैभन्दा नजिकको सरकार स्थानीय तहहरु बलबुतोले भ्याएसम्म कोरोना नियन्त्रण र जनता बचाउन केन्द्रित छन् । यो कठिन परिस्थतीमा ललितपुरको महालक्ष्मी नगरपालिकाले के–कस्तो कामहरु गरिरहेको छ त ? भन्ने विषयमा विश्व सन्देशकी कार्यकारी सम्पादक सुनिता पोख्ररेलले नगर प्रमुख रामेश्वर श्रेष्ठसँग कुराकानी गर्नु भएको छ । प्रस्तुत छ, नगरपालिकाका मेयर श्रेष्ठसँग गरिएको कुराकानीको सम्पादित अंश:- 

अब ६ गतेबाट दोस्रो डोजको खोप सुरु हुँदैछ । खोपमा भिडभाड नहोस् भन्नका लागि हामीले त्यही अनुसारको तयारी गरेका छौं । हाम्रो तर्फबाट मात्र गरेर केही हुँदैन, सर्वप्रथम त नागरिकहरु नै सचेत बन्नु पर्यो ।

कोरोना महामारी बढ्दो छ, यसको नियन्त्रणमा महालक्ष्मी नगरपालिकाले के–कस्तो कामहरु गरिरहेको छ ?

कोरोनाको दोस्रो लहर सुरु भइसकेपछि महालक्ष्मी नगरपालिकाले सबैभन्दा पहिले सचेतना जगाउने काम गर्‍यो। हरेक घर–घर, टोल–टोलमा पुग्ने गरी हामीले माइकिङ्ग गर्‍यौं। सो कार्यलाई अहिले पनि हामीले निरन्तरता दिइरहेका छौं । त्यस्तै, हामीले प्रत्येक वडामा स्वास्थ्यकर्मी खटाएका छौं । उहाँहरुमार्फत चाहिने औंषधी हामीले सम्बन्धित घर परिवार समक्ष वितरण गर्दै आएका छौं । कन्ट्याक्ट ट्रेसिङ्गको काम दु्रत द्रूत गतिमा अघि बढिरहेको छ । एन्टीजेन टेस्टमा नेगेटिभ रिपोर्ट आए पनि हामी पीसीआर टेस्टको लागि पठाउँछौं । हामीले कोभिड प्रभावितलाई बोक्ने छुट्टै एम्बुलेन्सको व्यवस्था गरेका छौं । कोरोना टेस्टको लागि आवतजावत गर्नु पर्ने हुन्छ, त्यसको लागि पनि हामीले निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेका छौं । यो बाहेक आइशोलेसनमा बसेकाहरुको लागि र कोरोनाबारे जानकारी लिन खोज्नेहरुका लागि हामीले केही चिकित्सकहरुलाई चौविसै घण्टा खटाएका छौं । नगरपालिकामा हजार भन्दा बढीले यो सेवा लिइसक्नु भएको छ भने नगरपालिका भन्दा बाहिर रहनु भएकाहरुले पनि चिकित्सकहरुसंग फोन गरेर सेवा लिइरहनु भएको छ । आवश्यक पर्दा बिरामीहरुको लागि औषधि घरमै पुर्याउने वातावरण पनि हामीले बनाएका छौं ।

सरकारले रहरले लकडाउन गरेको हैन । यो बाध्यताले भएको हो । सरकारले केही गरेन भनेर गाली गर्ने मात्र हैन । आफ्नो पनि दायीत्व नभुलौं । हामी घरभित्रै बसेर सुरक्षित बन्नु पर्छ । सबैले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्छ अनि मात्र हामी कोरोनालाई परास्त गर्न सफल हुन्छौं ।

अर्कोतर्फ, मानिसहरु अझै पनि त्रसित भइरहेको अवस्था छ । उहाँहरुको मनोबल उच्च बनाउनका लागि हामीले एक जना मनोविद् राखेका छौं र उहाँ मार्फत मनो परामर्श पनि दिइरहेका छौं । यो सुविधाका लागि हामीले टेलिफोन नम्बर पनि उपलब्ध गराएका छौं । यसको अलावा नगरपालिकामा जुन खालको अक्सिजन अभाव, भेन्टिलेटर अभाव छ सो समाधानका लागि हामीले नगरपालिकामा अक्सिजन सहितको ३० बेडको वार्ड तयार पारेका छौं । त्यसमध्ये १० बेड अप्रेसनका लागि प्रयोग गरेका छौं । बेडहरु थप्ने योजनामा पनि हामी रहेका छौं । यसरी नगरबासीहरुलाई हरसम्भव सहज सेवा दिन प्रयासरत रहेको छ । यस्तै नगरपालिकाले ठूलो संख्यामा नगरबासीहरुलाई खोप दिन सफल भयौं । अब ६ गतेबाट दोस्रो डोजको खोप सुरु हुँदैछ । खोपमा भिडभाड नहोस् भन्नका लागि हामीले त्यही अनुसारको तयारी गरेका छौं । हाम्रो तर्फबाट मात्र गरेर केही हुँदैन, सर्वप्रथम त नागरिकहरु नै सचेत बन्नु पर्यो । त्यसकारण म सम्पूर्ण नगरबासीहरुलाई अनिवार्य रुपमा घरमै बस्न, बाहिर निस्कनै परे अनिवार्य माक्सको प्रयोग गर्न, म आफुँ संक्रमित बन्न सक्छु र मेरो कारणले अरु पनि संक्रमित बन्न सक्छन् भन्ने कुरा बिर्सिनु हुँदैन । दुरी कायम गरौं । यती गर्‍यौं भने हामी पनि सुरक्षित हुन्छौं र अरुलाई पनि सुरक्षित बनाउन सक्छौं ।

आइशोलेसनमा बसेकाहरुको लागि र कोरोनाबारे जानकारी लिन खोज्नेहरुका लागि हामीले केही चिकित्सकहरुलाई चौविसै घण्टा खटाएका छौं । नगरपालिकामा हजार भन्दा बढीले यो सेवा लिइसक्नु भएको छ भने नगरपालिका भन्दा बाहिर रहनु भएकाहरुले पनि चिकित्सकहरुसंग फोन गरेर सेवा लिइरहनु भएको छ । 


यहाँहरुले निकै नै प्रभावकारी काम गर्दै आउनु भएको रहेछ, यती जिम्मेवारीपूर्वक काम गर्दा गर्दै पनि नगरपालिकामा संक्रमितहरुको दर कस्तो रहेको छ ?

पहिलाको तुलनामा संक्रमितहरुको संख्या घट्दै गएको छ । पहिला डेढ सयको हाराहारीमा संक्रमितहरु रहेका थिए भने अहिले ७०/८० को हाराहारीमा रहेको छ ।

कोरोना संक्रमितहरुको लागि आइशोलेसन व्यवस्थापनमा सहज/असहज कस्तो परिस्थिती रहेको छ ?

आइशोलेसन व्यवस्थापन अत्यन्तै चुनौतीपूर्ण रहेको छ । एउटा अक्सिजनको आपुर्तीमा समस्या छ । अर्कोतर्फ जनशक्ति व्यवस्थापनमा निकै नै समस्या रहेको छ । तथापी हामीले हरसम्भव प्रयास गरेर बिरामीलाई सहज सेवा दिन प्रयासरत रहेका छौं ।

देशमा नै कोरोना चुनौतीपूर्ण बन्दै गएको अवस्थामा सो नियन्त्रणका लागि नगरपालिका आफैं सक्षम छ वा प्रदेश तथा केन्द्रीय सरकारले पनि केही सहयोग गरिरहेको छ ?

गतवर्ष देखि हालसम्म कोरोना नियन्त्रणका लागि प्रदेश तथा केन्द्रीय सरकारबाट खासै सहयोग प्राप्त भएको छैन । गत वर्ष प्रदेश सरकारबाट जम्मा १२ लाख सहयोग प्राप्त भएको हो । बाँकी सबै नै नगरपालिकाले विकास बजेटको लागि आएको खर्चलाई नै कटौती गरेर कोरोना नियन्त्रणका लागि खर्च गरिरहेको छ । हुन त केन्द्रीय सरकारले विकास बजेट पनि केन्द्रले नै त पठाएको हो नी भन्छ, तर त्यो निश्चित समयको लागि आएको हो । केन्द्रलाई चै मेरो विनम्र अनुरोध के छ भने यस्तो कठिन समय छ,अक्सिजन अभावका कारण नागरिकहरुले मृत्युवरण गर्नु पर्ने बाध्यता छ, अहिले सरकारले हरेक अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न आवश्यक छ । अक्सिजन प्यान्टनहरु हरेक हस्पिटललाई दिनुपर्छ । निजी हस्पिटललाई निरब्याजी रुपमा ऋण दिएर भएर पनि अक्सिजन प्यान्ट राख्न लगाउनुपर्छ । जहाँ–जहाँबाट सम्भव हुन्छ, त्यहाँबाट अक्सिजन प्लान्ट ल्याएर सरकारले नागरिकको ज्यान बचाँउनु पर्दछ । कोरोनाले अझैं हामीलाई २–३ वर्ष छोड्नेवाला छैन । त्यसैले सरकार यसतर्फ गम्भिर रुपमा लाग्नु आवश्यक छ । अर्कोतर्फ आइसियू तथा भेन्टिलेटर मात्र बढाएर पुग्दैन, त्यहाँ काम गर्ने जनशत्तिहरुको क्षमता पनि बढाउन आवश्यक छ । साथै प्रत्येक प्रदेशहरुमा पनि यस किसीमका अस्पतालहरु तथा दक्ष जनशत्तिहरु विस्तार गर्नु आवश्यक छ । जसले दिर्घकालीन रुपमा फाइदाजनक हुन्छ ।

केन्द्रलाई  मेरो विनम्र अनुरोध के छ भने यस्तो कठिन समय छ,अक्सिजन अभावका कारण नागरिकहरुले मृत्युवरण गर्नु पर्ने बाध्यता छ, अहिले सरकारले हरेक अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न आवश्यक छ । जहाँ–जहाँबाट सम्भव हुन्छ, त्यहाँबाट अक्सिजन प्लान्ट ल्याएर सरकारले नागरिकको ज्यान बचाँउनु पर्दछ । अक्सिजन प्यान्टनहरु हरेक हस्पिटलाई दिनुपर्छ । निजी हस्पिटललाई निरब्याजी  रुपमा ऋण दिएर भएर पनि अक्सिजन प्यान्ट राख्न लगाउनुपर्छ ।  कोरोनाले अझैं हामीलाई २–३ वर्ष छोड्नेवाला छैन । त्यसैले सरकार यसतर्फ गम्भिर रुपमा लाग्नु आवश्यक छ ।

अन्तिममा, नेपाल सरकारले पनि स्वास्थ्य मापदण्ड जारी गरेको छ, यहाँहरुले पनि विभिन्न अपिल गरिरहनु भएको छ, नगरबासीहरुले सो मापदण्ड कत्तिको पालना गरिरहेको पाउनु भएको छ र यहाँ के आब्ह्रान गर्न चाहानु हुन्छ ?

स्वास्थ्य मापदण्ड सबैले पालना गरेको पाइदैंन । कोही केही जाने बुझेकै मानिसहरु पनि मर्निङ वाकको नाममा, इभिनिङ वाकको नाममा, बजार हेर्ने नाममा बाहिर निस्किरहनु भएको छ । समग्र नगरबासीहरुलाई म के अपिल गर्न चाहान्छु भने नेपाल सरकारले रहरले लकडाउन गरेको हैन । यो बाध्यताले भएको हो । सरकारले केही गरेन भनेर गाली गर्ने मात्र हैन । आफ्नो पनि दायीत्व नभुलौं । हामी घरभित्रै बसेर सुरक्षित बन्नु पर्छ । सबैले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्छ अनि मात्र हामी कोरोनालाई परास्त गर्न सफल हुन्छौं ।


प्रकाशित | ४ जेष्ठ २०७८, मंगलवार २०:३३