विराट मेडिकल कलेजका स्वास्थ्यकर्मीमाथि आक्रमण

काठमाडौं । विराटनगरस्थित विराट मेडिकल कलेजको शिक्षण अस्पतालको आकस्मिक कक्षमा अज्ञात समूहले आक्रमण गरेको छ। सोमबार राती अस्पतालको आकस्मिक कक्षमा उपचारमा खटिरहेका स्वास्थ्यकर्मीमाथि आक्रमण भएको हो।

सडक दुर्घटनाका घाइतेको उपचार चलिरहेको समयमा बाहिरबाट आएका दुई जना युवाले आक्रमण गरेका हुन्। आक्रमणबाट अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई चोट लागेको अस्पतालले जनाएको छ। मोरङ प्रहरीले आक्रमण गर्ने दुई जनालाई पक्राउ गरेको छ।


प्रकाशित | ४ जेष्ठ २०७८, मंगलवार १६:२९