कोरोनाविरुद्ध लड्न सन्दीपद्वारा ३ लाख सहयोग

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले कोरोना भाईरसविरुद्ध लड्न ३ लाख सहयोग गरेका छन् । राष्ट्रिय क्रिकेट टिमका महत्वपूर्ण खेलाडी सन्दीपले सोमबार कोरोनाविरुद्ध लड्न ‘टिम सन्दिप लामिछाने’ अभियानको घोषणा गर्दै उक्त सहयोग गरेका हुन् ।

सन्दीपले गत वर्षपनि कोरोना राहत कोषमा १ लाख सहयोग गरेका थिए । सन्दीपले ‘टिम सन्दिप लामिछाने’ अभियानबाट आर्थिक संकलन गर्नेछन् । उक्त अभियानबाट उठेको रकम स्थानीय निकाय, प्रशासन कार्यालयको रोहवरमा अति प्रभावित क्षेत्र, स्थानीय निकायमा आवश्यकता तथा प्राथमिकताको आधारमा वितरण गरिने जनाएको छ ।

सन्दीपले आर्थिक सहयोग संकलनका लागि बैंक खाता समेत खोलेका छन् । सन्दीपले अभियानको आरम्भ गर्दै उक्त खातामा ३ लाख जम्मा गरेको समेत जनाएका छन् ।


प्रकाशित | ४ जेष्ठ २०७८, मंगलवार ०७:५१