मिस यूनिभर्समा भोट गर्न अंशिका शर्माले गरिन् यस्तो अपिल

काठमाडौंं । मिस युनिभर्स प्रतियोगिताको ६९ औं संस्करणमा नेपालको प्रतिनिधित्व गरिरहेकी अंशिका शर्माले भोट गर्न सबैमा अपिल गर्नुभएको छ । यहि मे १६ तारिखका दिन हुन लागेको मिस यूनिभर्सका लागि अनलाईन भोटिङ खुल्ला भइसकेकाले आफूलाई भोट गर्न अंशिकाले अपिल गर्नुभएको हो ।

अंशिकाले भोट गर्नका लागि एम यू एप्समा गएर सहभागी हुन सकिने बताउँदै देश तथा विदेशमा रहेका नेपालीहरुको पूर्ण रुपमा साथ सहयोग हुने विश्वास समेत ब्यक्त गर्नुभयो ।

अंशिकाले कोरोना महामारीको अत्यन्तै दुखद अवस्थामा पनि आफू मिस युनिभर्समा देशको प्रतिनिधित्व गर्दै विश्वका सामु प्रतिष्पर्धा गर्न यतिखेर अमेरिकाको फेरिडामा रहेको जानकारी पनि गराउनुभयो ।

उहाँले आफू मिस युनिभर्सको प्रतियोगितामा रहे पनि आफ्नो सम्पूर्ण मन, ध्यान सबै आफ्नो मातृभुमि र कोरोना महामारीले पारेको असरतर्फ झलझली घुमी रहेको बताउँदै प्रतियोगितामा भाग लिई रहँदा विश्वभर छरिएर रहनु भएका नेपालीहरुलाई जानकारी गराउनु आफ्नो दायित्व रहेको बताउनुभयो ।

’यदि तपाईहरु मलाई मिस युनिभर्स भएको हेर्न चाहानु हुन्छ भने धेरै वटा विधाहरुमध्ये महत्वपुर्ण विधा अनलाईन भोटिड पनि हो । तपाईहरुले दिनु भएको भोटको आधारमा नेपाल र नेपालीको नाम संसारभर फैलाउने मेरो अभियान सफल बनाउने छु’, अंशिकाले भन्नुभएको छ ।

त्यस्तै, अंशिकाले हिमाल आरोहीको स्वस्प झल्कने नेपाली पोशाक प्रर्दशन गर्नुभएको छ । मिस युनिवर्स फाइनलभन्दा अघि हुने राष्ट्रिय पोशाक प्रदर्शनमा हिमाल आरोहीको स्वस्प झल्कने नेपाली पोशाकको उहाँले प्रर्दशन गर्नुभएको हो ।

त्यस्तै, शीर्ष २१ स्थानमा अंशिकालाई सोझै प्रवेश गराउन भोटिङ लाइनहरू मिस युनिवर्स फाईनलको एक दिन अगाडि बिहान मे १६ सम्म गर्न सकिनेछ । मिस युनिभर्स एप (एक भोट सित्तैमा) बाट वा खल्ती डिजिटल वालेट मार्फत नेपालबाट भोट गर्न सकिनेछ ।

विश्वका ७४ देशका सुन्दरीहरुमार्फत छानिने २१ ले पहिलो बन्नको लागि ‘मिस युनिवर्स’मा प्रतिस्पर्धा गर्नेछन् । त्यसबाट क्रमशः १०, ५ हुँदै विजेता घोषणा हुनेछ ।


प्रकाशित | ३१ बैशाख २०७८, शुक्रबार २१:०५