कुनै समस्या परे तत्काल सम्पर्क गर्नु होला, हामी तयारी अवस्थामा छौ: बिदुर लिंथेप, मेयर(अन्तर्वार्ता)

देशमा कोरोना महामारीले उग्र रुप लिइरहेको छ । पछिल्लो तथ्यांक हेर्ने हो भने कोरोना संक्रमणदर कहालीलाग्दो ढंगले बढिरहेको छ । यसअघि कोरोना नियन्त्रणमा निकै राम्रो काम गरेका स्थानीय जनप्रतिनिधिहरु दोस्रो लहरमा पनि सक्रिय छन् । स्थानीय निकायका जनप्रतिनिधिहरु स्थानीयस्तरमा कोरोना नियन्त्रण गर्न आफनो सम्पूर्ण क्षमता र बलले भ्याएसम्म अहोरात्र खटिरहेका छन् । यसै सन्दर्भमा सखुवासभा जिल्ला मादी नगरपालिकामा कोरोनाको अवस्था कस्तो छ ? नियन्त्रणमा के कस्तो काम भइरहेको छ भनेर नगरपालिकाका मेयर बिदुर लिंथेपसँग विश्व सन्देशकी कार्यकारी सम्पादक सुनिता पोख्ररेलले कुराकानी गर्नुभएको छ । प्रस्तुत छ कुराकानीको सम्पादित अंश

कोरोनाको महामारी बढ्दो छ, यसको नियन्त्रणको लागि मादी नगरपालिकाले के–कस्तो पहल गरिरहेको छ ?

कोरोना नियन्त्रणको लागि यति बेला मादी नगरपालिका बन्द गरिएको छ । भर्खरै एउटा बिहेमा बेहुला बेहुलीलाई कोरोना पोजेटिभ देखियो । त्यसपछि हामीले ४२ जनाको रिपोर्ट संकलन गरेका छौं । नगरपालिका भित्र २० वटा बेड तयार पारेका छौं । अक्सिजन सहितको ६ वटा बेड रहेको छ । जिल्लाका ४ वटा नगरपालिका मिलेर चैनपुरमा १०० वटा बेड बनाएका छौं । पहिलो चरणमा सिरियस देखिएका बिरामीलाई हामीले चैनपुरमा पुर्याईरहेका छौं । बिहेमा कोरोना पोजेटिभ देखिएकाले कति जनाको स्वाब संकलन गर्न कठिन भइरहेको छ । तथापी हामी सबैलाई खोज्ने प्रयास गरिरहेका छौं ।

हामीले ४ वटा नगरपालिकासँग मिलेर चैनपुरमा बनाएका छौं । तर पहिलेको भन्दा अहिले कोरोना संक्रमित थपिएको हुनाले हामीले बेड संख्या बढाएका छौं । लक्षण देखिएका र नदेखिएकाहरुलाई छुट्टा–छुट्टै राख्नका लागि बेडहरु थपेका छौं । केही अक्सिजन सहितको बेडहरु पनि तयारी अवस्थाका राखेका छौं । पूर्व तयारीको लागि भवनहरुको निर्णय पनि गरिसकेका छौं ।

नगरपालिकामा आइसोलेसन व्यवस्थापन के कसरी गरिरहनु भएको छ ?

आइसोलेसन हामीले गत वर्ष नै तयार गरेका छौं । हामीले ४ वटा नगरपालिकासँग मिलेर चैनपुरमा बनाएका छौं । तर पहिलेको भन्दा अहिले कोरोना संक्रमित थपिएको हुनाले हामीले बेड संख्या बढाएका छौं । लक्षण देखिएका र नदेखिएकाहरुलाई छुट्टा–छुट्टै राख्नका लागि बेडहरु थपेका छौं । केही अक्सिजन सहितको बेडहरु पनि तयारी अवस्थाका राखेका छौं । पूर्व तयारीको लागि भवनहरुको निर्णय पनि गरिसकेका छौं ।

पछिल्लो समय गरपालिकामा कोरोना संक्रमितको अवस्था कस्तो छ ?

मुख्य कुरा एउटा बिहेको बेहुला बेहुलीमा लक्षणसहितको कोरोना संक्रमण देखियो । त्यसपछि हामीले तुरुन्तै विवाहमा संलग्न व्यत्तिहरुको खोजतलास गरी स्वाब संकलन गरि पठाएका छौं । त्यसको नतिजा आइसकेपश्चात मात्र कति संक्रमित छन् भन्ने यकिन हुन्छ । प्रारम्भिक समयमा हालसम्म २ जनामा कोरोना संक्रमण देखिएको छ । तर अब बढ्न सक्ला भनेर सचेत छौं ।

हामी नडराएका कारण नै कोरोनाको दोस्रो लहर फैलियो । पहिलो लहरमा हामी डराएका थियौं । यो चोटी देश नै नडराएको अवस्था छ । अहिले मानिसहरुले कोरोनालाई गम्भिर रुपमा लिएकै छैनन् । त्यसले गर्दा नै यो नियन्त्रण भन्दा बाहिर गइरहेको छ । अस्पतालमा बेडहरु पाइरहेको छैन । अक्सिजनको अभाव छ । त्यसैले यतिबेला नागरिकहरु नै सचेत हुनु उत्तम विकल्प हो ।

सिरियस बिरामी पनि भेटिएका छन् ?

सिरियस बिरामी छैन । उहाँहरुलाई मैले भेट्दा सामान्य अवस्थामा नै हुनुहुन्छ ।

कोरोना नियन्त्रणका लागि केन्द्रीय तथा प्रदेश सरकारबाट कस्तो अपेक्षा गर्नु भएको छ ?

यहाँ अपेक्षा भन्ने कुनै विषय नै रहेन । कस्ले कति गर्न सकिन्छ, त्यती नै गर्ने हो । कसैले यति गर्देला भनेर हेरेर बस्ने समय नै छैन । सबैले आ–आफ्नो क्षेत्रबाट सकेको गर्ने हो । नेतृत्वको हिसावले हामीले गर्ने हो । वडामा पनि नेतृत्वले भूमिका खेल्ने हो । जनता पनि सजग हुने हो । मादी नगरपालिकाको हकमा उपचारको समस्या छैन । हामीले बिरामी बोक्ने सवारी पनि तयारी अवस्थामा राखेका छौं । अन्य बिरामी बोक्नको लागि छुट्टै गाडीको व्यवस्था गरेका छौं ।

नगरपालिकामा नागरिकहरुले स्वास्थ्य मापदण्ड कत्तिको पालना गरिरहेका छन त ?

हामी नडराएका कारण नै कोरोनाको दोस्रो लहर फैलियो । पहिलो लहरमा हामी डराएका थियौं । यो चोटी देश नै नडराएको अवस्था छ । अहिले मानिसहरुले कोरोनालाई गम्भिर रुपमा लिएकै छैनन् । त्यसले गर्दा नै यो नियन्त्रण भन्दा बाहिर गइरहेको छ । अस्पतालमा बेडहरु पाइरहेको छैन । अक्सिजनको अभाव छ । त्यसैले यतिबेला नागरिकहरु नै सचेत हुनु उत्तम विकल्प हो ।

अन्तिममा नगरबासीहरुमा के अपिल गर्न चाहानु हुन्छ ?

नगरबासीहरुमा म के भन्न चाहान्छु भने आफ्नो घरमा नै बसौं । यो केही महिनाको कुरा हो । धैर्य गरौं । कसरी हुन्छ आफु सुरक्षित बनौ । केही समस्या परेको खण्डमा जहाँ जे छ त्यही सुचना दिनुहोला । नगरपालिकाको सम्पूर्ण टिम तयारी अवस्थामा छ । हामी तपाईहरुलाई तत्कालै सेवा दिन तयार छौं ।


प्रकाशित | २८ बैशाख २०७८, मंगलवार २०:५९