प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । विश्वासको मत लिन डाकिएको प्रतिनिधिसभा बैठकमा आजै सभामुख अग्नी सापकोटाले अर्को बैठक बैशाख ३० गतेका लागि आह्रवान गर्नु भए पनि मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

सोमबार साँझ बसेको बैठकले अधिवेशन अन्त गर्न सिफारिस गरिएको हो । यसअघि वैशाख १९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि वैशाख २७ गते संसदको विशेष अधिवेशन आह्वान गर्नुभएको थियो । संसद्‌बाट विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भइसक्नु भएको छ ।


प्रकाशित | २७ बैशाख २०७८, सोमबार २०:१६