एनआरएनए अमेरिकाको अध्यक्ष पदमा डा. अर्जुन बञ्जाडेको उम्मेदवारी दर्ता

टेक्सस । गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको अध्यक्ष पदमा डा. अर्जुन बन्जाडेले उम्मेदवारी दर्ता गर्नुभएको छ । एनआरएनए अमेरिकाको बोर्ड अफ डाइरेक्टर हुदैं वर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष पदमा रहनुभएको बञ्जाडेले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउनु भएको हो ।

बञ्जाडेले आफुले बिगतमा संस्थामा रहेर गरेको कामको अनुभवका आधारमा उम्मेदवारी दर्ता गराएको बताउनुभयो। एनआरएन अमेरिकालाई अमेरिकामा रहेका नेपालीहरूको साझा सङ्गठनको रूपमा विकसित गर्न आफ्नो उम्मेदवारी रहेको पनि बताउनुभयो ।

‘नेपालीहरूको साझा चासोहरूलाई एकीकृत रूपमा नेपाल र अमेरिकी सरकारसँग मिलेर सम्बोधन गर्न एनआरएन अमेरिकाको सक्रियताले सहायता मिल्छ भन्ने मलाई विश्वास छु’, उहाँले भन्नुभयो ।


प्रकाशित | ८ बैशाख २०७८, बुधबार ११:३८