आन्दोलनको आँधीबेहरी सृजना गर्ने दिन आउन सक्छः पुष्पकमल दाहाल

बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तन उल्ट्याउने षड्यन्त्र भइरहेको बताउनु भएको छ । गणतन्त्र, संघीयता, समानुपातिक, समावेशी मन नपराउने देशभित्रका प्रतिक्रियावादीहरु र देaशबाहिरका दक्षिणपन्थी प्रतिक्रियावादी शक्तिहरु मिलेर परिवर्तन उल्ट्याउन खोजेको उहाँले आरोप लगाउनु भयो ।

शुक्रबार राष्ट्रिय दलित पत्रकार संघको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले परिवर्तन उल्ट्याउन त्यसमा भूमिका खेल्ने नेताहरुलाई बद्नाम गर्ने र घेराबन्दी गर्ने कसरत भइरहेको बताउनु भयो ।

संसद विघटन, जनताको सार्वभौम अधिकार उल्ट्याउने षडयन्त्र भएकाले त्यसविरुद्ध आफूहरु लडेको र सर्वोच्च अदालतले पनि संसद पुनस्र्थापनाको पक्षमा फैसला गरेको उहाँले उल्लेख गर्नु भयो ।

संविधानको रक्षा गर्ने कि हत्या गर्ने भन्ने बहस भइरहेको भन्दै उहाँले आन्दोलनको आँधीबेहरी सृजना गर्ने दिन आउन सक्ने बताउनु भयो ।


प्रकाशित | २८ फाल्गुन २०७७, शुक्रबार १३:४६