एमाले र माओवादी अलग-अलग भएर जाने निर्णय

काठमाडौं । सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादी केन्द्रलाई आइतबार ब्युँताइदिएपछि अन्तत नेकपा एमाले र माओवादी केन्द्र अलग अलग भएर जाने भएका छन् । तीन वर्षअघि दुई दलको एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) बनेकोमा अदालतले ब्युँताइदिएपछि दुई दल अलग अलग भएर जाने निर्णयमा पुगेका हुन ।

पेरिसडाँडामा बसेको प्रचण्ड माधव नेपालको स्थायी कमिटी बैठकले एमाले र माओवादी अलग अलग भएर जाने निष्कर्षमा पुगेको नेता झलनाथ खनालले जानकारी गराउनुभयो । खनालका अनुसार पार्टीभित्र संघर्ष गरिने र अदालतको निर्णयअनुसार अगाडि बढिनेछ । साथै सर्वोच्चको निर्णयमा पुनरावलोकनको माग पनि गरिनेछ । यद्यपी यस विषयमा औपचारिक निर्णय आउन भने बाँकी छ ।


प्रकाशित | २४ फाल्गुन २०७७, सोमबार १९:३७