आउनुहोस फेरी आन्दोलन गरौँ

राजु खप्तडी

आउनुहोस् फेरि आन्दोलन गरौँ
फेरि कसैको सिउँदो खोसौं
फेरि कसैको काख खोसौं
नाबालकहरूको ममता खोसौं
आउनुस फेरि आन्दोलन गरौँ

कोही खुकुरी लिएर आउनुस
कोही तरबार लिएर आउनुस
आउनुहोस् हामी आआफै लडौं
काटाकाट गरौं मरामर गरौं
आउनुहोस् फेरि आन्दोलन गरौँ

ऊ भन्छ मेरै नेता ठिक
अर्को भन्छ उस्कै नेता ठिक
फेरि नेताकै लागि लडौं
फेरि तिनकै लागि मरौं
आउनुहोस् फेरि आन्दोलन गरौँ

हामी अकालमै मर्न जन्मेका
आसै आशामा पर्न जन्मेका
फेरी प्रचण्ड जिन्दावाद भनौं
फेरि माधव जिन्दावाद भनौं
आउनुहोस् फेरि आन्दोलन गरौँ

नेतालाई आजिबन कुर्शी दिलाऔं
सारा खुख शयल दिलाऔं
भासन सुनौँ ताली ठोकौं
अश्लील नारा गाली गरौं
आउनुहोस् फेरि आन्दोलन गरौँ

लोकतन्त्र गणतन्त्र मर्यो भनौं
प्रतिगामी पश्चगामी आयो भनौं
कृतिम हत्याको भ्रम छरौं
संविधानको मृत्यु दर्ता गरौं
आउनुहोस् फेरि आन्दोलन गरौँ

सरकार त यसै विघठन भयो
अनेक दाउपेच षड्यन्त्र भयो
सांसदको खाइपाई जागिर गयो
हाम्रा भ्रष्टको बचाउ गरौं
आउनुहोस् फेरिआन्दोलन गरौँ


प्रकाशित | १५ माघ २०७७, बिहीबार ०९:५०