सुनको मूल्य घट्यो, कति पुग्यो त ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । आइतबार सुनको मूल्य प्रतितोला ९१ हजार ८ सयमा कारोबार भएकोमा आज तोलामा २ सयले बढेको हो ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९१ हजार ६ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९१ हजार एक् सय निर्धारण गरिएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२३० रहेको महासंघले जनाएको छ ।


प्रकाशित | ५ माघ २०७७, सोमबार ११:३४