एक हप्ते निशुल्क स्वास्थ्य परिक्षण आयोजना गर्दै एनआरएनए कतार

दोहा (कतार) । गैर आवासीय नेपाली संघ (एनआरएनए ) कतारले नेपाली समुदायलाई लक्षित गर्दै निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रमको आयोजना गर्ने भएको छ । एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले कतारमा कार्यरत नेपाली दाजुभाइ दिदिबहिनीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै स्वास्थ्य परिक्षण आयोजना गर्न लागिएको जानकारी गराउनुभयो । अध्यक्ष मुसलमानका अनुसार यही २२ जनवरी २०२१ देखि १ हप्ताका लागि निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रमको आयोजना गरिन लागिएको हो ।

उक्त कार्यक्रममा १५ जना इस्पिलिएस्ट अनुभवी डाक्टरहरुबाट ब्लड प्रेसर, ब्लड सुगर, कोलेस्ट्रोल, इसिजी, युरिक एसिड, स्वास्थ्य परामर्श, बिएमआइ, जस्ता स्वास्थ्य सेवाहरु प्रदान गर्नुहुनेछ । अध्यक्ष मुक्तदाले परिक्षणमा सहभागी भईस्वास्थ्य लाभ लिनुहुनका लागी कतारमा कर्यरत सबैमा अनुरोध गर्नुभएको छ ।

कार्यक्रम एसियन मेडिकल सेन्टर, अल वाक्रामा २२ जनवरी २०२१, शुक्रबारको लागि दिनको ४ बजे देखि बेलुकी ९ बजे सम्म र २३ जनवरी देखि २८ जनवरी २०२१ सम्मको लागि बिहान ८ बजे देखि बेलुकी ९ सम्म कार्यक्रम संचालन गरिने छ।


प्रकाशित | ५ माघ २०७७, सोमबार ०८:१४